प्रस्तावित न्यायाधीश र राजदूतको संसदीय सुनुवाई हुँदैन् – पौडेल

शंका नगर्नुस् श्रीमतीको उपचार गर्न पनि नपाउने ?

८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदीय सुनवाई समिति कायमै छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने भन्दै अन्यथा प्रस्तावित न्यायाधीश र राजदूतहरूको संसदीय सुनुवाई नहुने बताएका छन् ।

नेता पौडेलले बुधबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्रीले नै संसदीय सुनवाई समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम फिर्ता लिएकाले न्यायपरिषद सदस्यमा सिटौलाको नाम सुनुवाई समितिमा ल्याएपछि मात्रै सुनवाइ हुने बताए ।

नेता पौडेलले अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जले सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने बताए ।

काँग्रेस निकट एक कुटनितिज्ञका अनुसार लामो समयदेखि राजदुत खाली रहेका देशहरुमा अहिलेको सरकारले नियुक्तीका लागि सिफारिस गर्नु स्वभाविक हो, यसलाई अन्यथा भन्न नमिल्ने भन्दै उनले आफ्नो पालामा नियुक्त गर्न नसक्ने, अनि अहिले अरुले नियुक्त गर्दा असन्तुष्टी जनाउनु हास्यास्प्रद भएको बताए । साथै ती कुटनीतिज्ञले प्रतिपक्षीमा बस्नेलाई सरकारद्धारा हुने नियुक्तीमा बागबण्डा खोज्ने नैतिकता पनि नहुने बताए ।

साथै, उनले कांग्रेस सभापति शेरबहादुर देउवा सरकार ढाल्ने योजना बुन्न दिल्ली गएका हुन् कि ? भनी सञ्चारकर्मीको प्रश्नमा शंका नगर्नुस् भन्दै श्रीमतीको उपचार गर्न पनि जान नपाउने ? भनी प्रति प्रश्न गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत