कांग्रेस सभापति देउवाले गरे झूठको खेती !

९ बैशाख,  काठमाडौं ।

Deuba-Sushma-1 कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार पत्नी आरजु देउवाको उपचारका लागि भारत जानुभन्दा अघि आफ्नै निवास बुढानिलकण्ठम पत्रकार सम्मेलन गरी नयाँ दिल्लीमा कुनै पनि राजनीतिक भेटघाट नहुने बताए पनि ती सबै दाबी झुटो साबित भएको छ ।

सभापति देउवाले आफू विशुद्ध उपचारका लागि भारत जान लागेको र दिल्लीमा कसैलाई नभेट्ने दाबी गरे पनि बिहीबार विहान ११ बजे मन्त्रालयमै पुगेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले देउवालाई ‘नेपालबाट आएका महत्वपूर्ण पाहुना’ भन्दै दुई नेताबीच भेट भएको तस्वीर ट्वीटरबाट सार्वजनिक गरे पछि कांग्रेस सभापति देउवाको झूठको पर्दाफास भएको हो । भेटमा उनीहरूबीच के के कुराकानी भयो भन्ने खुलाइएको छैन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत