आर्मी मनाङसँग ५-० गोल अन्तरले पराजित

 

११ बैशाख, कास्की ।
Image from imageमनकामना पोखरा कप फुटबल खेलमा नेपाल आर्मीलाई मनाङ मर्स्याङ्दी क्लबले फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको उपाधि भिडन्त खेलमा शनिबार आर्मीमाथि मनाङले ५-० गोल अन्तरले जित हात पारेको हो ।  खेल सुरु भएको दोस्रो मिनेटमा नै मनाङले अनिल गुरुङको गोलबाट अग्रता लिएको थियो ।

मनाङले आर्मीलाई पहिलो हाफमा मनाङ ४-० ले पछाडि पारेको थियो भने दोस्रो हापको सुरुकै ४८ औं मिनेटमा ओलावलेले दोस्रो गोल गरेर मनाङको खातामा पाँच गोल बनाए ।

त्यसपछि आर्मीले सम्हालिएर खेल्दै थप गोल नखाए पनि उसले गोल गर्न सकेन र फाइनलमा मनाङसँग ५-० को लज्जास्पद हार व्यहोरेको छ ।

खेलको २३ औं मिनेटमा सन्तोष तामाङ र मेहन गुरुङबीच विवाद भएपछि र दुबैले रातो कार्ड पाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत