राजतन्त्र फाल्न प्रधानमन्त्री ओलीको कुनै भूमिका छैन्, अहिले सरकारमा पुगेर ठूला कुरा गर्ने ? – घिमिरे

११ बैशाख, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वर्तमान सरकार लोकतन्त्र बिरोधीहरुको गठबन्धन भएको दाबी गर्दै राजतन्त्र फाल्न प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै  भूमिका नभएको बताएका छन् ।

‘अहिलेका प्रधानमन्त्री केपी ओलीको प्रजातन्त्र र लोकतन्त्रसँग कुनै साइनो छैन्’ घिमिरेले भने–  ‘जनआन्दोलनको बेला गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो भनेका होइनन् ?’

बुटवलको एक कार्यक्रममा बोल्दै नेता घिमिरेले यो लोकतन्त्र विरोधीहरुको प्राकृतिक गठवन्धन भएको र अब लामो समय नटिक्ने बताउँदै ‘राजतन्त्र फाल्न केपी शर्मा ओलीको कुनै भूमिका छैन्’ भन्दै घिमिरेले भने– ‘अहिले सरकारमा पुगेर ठूला कुरा गर्ने ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत