एके–४७ सहित पाँच भारतीय प्रहरी सादा पोशाकमा नेपाल प्रवेश : नेपाल प्रहरीद्वारा पक्राउ

१२ वैशाख, भीमदत्तनगर । भारतको पञ्जाबबाट सादा पोशाकमा अपराधी खोज्न भन्दै नेपाल प्रवेश गरेका पाँच जना भारतीय प्रहरी सानागाउँ, चौखुट्टे नजिकैबाट आइतबार बिहान पक्राउ परेका छन् ।
स्रोतका अनुसार उनीहरुको साथमा एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो – ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्जाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहा भएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत