राज्य सत्ता पाखण्डको हातमा छ, खोस्नुको बिकल्प छैन् – बास्तोला

१२ बैशाख, काठमाडौं । नेकपा माओवादी नेता धर्मेन्द्र वास्तोलाले राज्य सत्ता पाखण्डको हातमा भएकोले खोस्नुको बिकल्प नभएको बताउँदै यो सरकारबाट देश र जनताले केही पाउन नसक्ने बताए ।

रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वास्तोलाले अहिलेको सरकारले सार्वभौम देश र जनताको रक्षा गर्न नसक्ने बताएका हुन् ।

वास्तोलाले नागरिक महंगी र विदेशी हस्तक्षेपबाट आक्रन्त भइरहँदा समेत सरकार नतमस्तक बनेर तामासा हेरिरहेको बताउँदै भारतले तराईका सीमा क्षेत्रमा सीमा स्तम्भ सारेर नेपाली भूमिलाई भारततर्फ पु¥याउँदा पनि त्यसका विरुद्ध चुँईक्क बोल्न नसकेको देख्दा आश्चर्यचकित भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत