हजमिनिया गाविस ९ मा आगलागीले ९ घर जलेर नष्ट, ४० लाख बढीको क्षति

१२ बैशाख, रौतहट । आइतबार रौतहटको हजमिनिया गाविस ९ मा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् ।

पताही टोलका शिवदयाल ठाकुरको घर अगाडि फ्याँकिएको खरानीमा रहेको आगोले ठाकुरसहित स्थानीय भुनेश्वर ठाकुर, किसुन ठाकुर, रामवालक ठाकुर, रामाकान्त ठाकुर, विन्दा साह, रामलाल साह र ठाकुर साहको घर पूर्ण रुपमा जलेर खरानी भएको हो ।

स्थानीयले आगलागी नियन्त्रण गर्न नसकेपछि गौर नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगमा आगो नियन्त्रण लिएकोे थियो ।

स्थानीयका अनुसार आगलागीले ४० लाख भन्दा बढीको क्षति भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत