आन्दोलनरत् कर्मचारीहरुको माग पूरा नभए अध्यक्षको कार्यकक्षमा तालाबन्दी !

१४ बैशाख,  बुटवल । कर्मचारी युनियनको नेतृत्वमा विगत ३ दिनदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कामकाज प्रभावित भएको छ ।

आन्दोलनरत् कर्मचारीहरुले विकास समिति कर्मचारीहरुको स्तरवृद्धि, वढुवा गरिनु पर्ने, करार सेवामा कार्यरत कर्मचारीलाई आन्तिरिक प्रतियोगिता मार्फत स्थायी गरिनु पर्ने माग राखेका छन् । यसैगरी विभिन्न दरवन्दी श्रृजना गरी अस्पताललाई भर्तीकेन्द्र बनाएकाले तत्काल बन्द गरिनु पर्ने, अस्पतालको आम्दानी र खर्च श्वेतपत्र मार्फत सार्वजनिक गरिनु पर्ने, लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरवृद्धि गरी केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुे पर्ने लगायतका माग राखेका छन् ।

लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले आफूहरुका माग पूरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत