तीन जना भारतीयको नागरिकता खारेज – मन्त्री शेरधन राई

१४ बैशाख काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन जना भारतीयको नागरिकता खारेज गरेको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले केही समय अघि भएको मधेस आन्दोलनताका नेपालमा १ करोड भारतीय नागरिक रहेको भन्दै तिनीहरुको सुरक्षा गर्नु पर्ने बताएको केही समयपछि नै सरकारले  भारतीयको नागरिकता खारेज गरेको हो ।

भदौ १४ गते लखनउको महाराजगञ्जमा शसस्त्र सीमा बलको पोष्ट शिलान्यास गर्न पुगेका भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय नागरिक रहेको भन्दै पछिल्लो राजनीतिक अवस्थामा उनीहरुको चासो सम्बोधन हुने बताएका थिए ।

‘मधेसी समस्या नेपालको आन्तरिक मामला भए पनि भारत सरकारले नेपालमा रहेका एक करोड नागरिकको चासो सम्बोधन गर्छ’, उत्तर प्रदेशसँग सीमा जोडिएको नेपाली भूभाग तराई-मधेसमा आन्दोलन चलिरहेको बेला गृहमन्त्री सिंहको भ्रमणलाई चासोपूर्वक हेरिएको बताएका थिए ।

भारतले मधेसीका माग पुरा गर्न दबाब दिँदै आइरहेको बेला किर्तेगरी नेपाली नागरिकता लिएका भारतीय नागरिक महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता मंगलबार  खारेज गरिएको सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री शेरधन राईले बताए ।

छोरीका श्रीमान् बनेर हजुर-बा त्रियुगीनारायण मिश्रले  आफ्नी छोरीका तीनै भाइ नातिलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

रुपन्देहीबाट नागरिकता लिएका उनीहरुले झुटो विवरण पेस गरेको पाइएपछि स्थानीय प्रशासनले खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत