कांग्रेसले सशक्त विपक्षीको भूमिका निर्वाह गर्ने

१५ बैशाख, काठमाडौं । पत्नी आरजु देउवाको उपचारका लागि भारत गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतबाट फर्किएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सशक्त विपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

कहिलेसम्म हो प्रतिपक्षी हुने ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा देउवाले हाँस्दै भने, बहुमतको सरकार छ । हामी विपक्षीको भूमिकामा छौं  के गर्ने ? भन्दै टारे । साथै, उनले भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे सोधिएको प्रश्नमा देउवाले नेपालको समस्या आपसमा मिलेर समाधान गर्नुपर्छ भनेर छलफल भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत