इन्जिनियर विरुद्धको कारबाहीमा थप ५ जना पक्राउ

१६ बैशाख, काठमाडौं ।

दैनिक नेपालबाट ।

दैनिक नेपालबाट ।

महानगरिय प्रहरी अपराध महाशाखाले चलाएको नक्कली इन्जिनियर विरुद्धको कारबाहीमा बुधबार ३ जना नक्कली इन्जिनियर र कागज पत्र बनाइदिने २ जना गरी पक्राउ  ५ जना परेका छन् ।

पक्राउ पर्नेमा सिराहाका मनिषकुमार यादव, सर्लाहीका कृष्ण कुमार झा, सप्तरीका पुष्पराज शर्मा, धनुषाका शेखर पंजियार र काठमाडौं बौद्धका सन्तोष लामा छन् । महाशाखा प्रहरीका अनुसार पक्राउ परेकाहरु इन्जिनियरीङ पढेका तर, फेल भएकाहरु हुन् ।

मंगलबार इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउने गिरोहका ५ जना क्रमश: ललितपुर–१८ गाबाहलका कम्प्युटर डिजाइनर २९ वर्षीय अंकित खड्का, ललितपुर–१४ नख्खिपोटका ४४ बर्षीय सुबित खड्का, डोटी दिपायल सिलगढी नगरपालिका–३ का २८ बर्षीय हितेश सिंह, खोटाङ बाकसिला गाबिस–८ का २६ बर्षीय पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठ–३ का २६ बर्षीय सनत श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले उपत्यकाका बिभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत