क्रान्तिकारी माओवादीका अध्यक्ष ‘किरण’ लाजिम्पाट पुगेर किन रोए ?

१९ बैशाख, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’बीच पार्टी एकताको विषयमा शनिबार प्रचण्ड निवासमा लाजिम्पाटमा भएको कुराकानीको क्रममा वैद्य रोएका छन् ।

prachanda-kiran

एमाओवादीको शुक्रबार बसेको स्थायी समिति बैठकले ‘किरण’लाई छाडी बादललगायतका टिमसँग एकता गर्ने निर्णय गरेपछि शनिबार क्रान्तिकारी माओवादीका अध्यक्ष ‘किरण’ लाजिम्पाट पुगेका थिए ।

भेटमा प्रचण्डले एकता प्रक्रियालाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन आवश्यक रहेको औल्याएका थिए भने ‘किरण’ले जवाफमा आफू एकता विरोधी नभएको बताउँदै एकताबाट मात्रै क्रान्ति सम्भव रहेको बताएका थिए ।

‘म एकता विरोधी हैन, मैले मेरो अनि तपाईको र सबैको असन्तुष्टिलाई मेटाएर मात्रै एकता जाऊँ भन्ने कुरा गरेको हुँ’ वैद्यले प्रचण्डलाई भने, ‘हिजो दश वर्षे द्वन्द्वमा सँगै भएका हामी एकै ठाउँमा रहनुपर्छ, मलाई एक्ल्याएर एकता गर्ने काम नगर्नुस् ।’

स्रोतका अनुसार  क्रान्तिकारी माओवादीका अध्यक्ष ‘किरण’ ले एकतामा आउने तर जनवादी क्रान्तिकै कार्यदिशामा पार्टी अघि बढ्नुपर्ने बताएपछि प्रचण्डले समाजवादी क्रान्तिको कार्यदिशाबाट पछि हट्न नसक्ने बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत