मंगलबार काठमाडौं जिल्लाभित्रका नीजि तथा सरकारी शिक्षण संस्थाहरु बन्द – अखिल क्रान्तिकारी

२० बैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षा क्षेत्रमा बढ्दै गइरहेको विकृति रोक्न सरकार असफल भएको र विकृतिको विरोधमा उत्रिएका विद्यार्थीहरुलाई गिरफ्तार गरेकोप्रति आपत्ति जनाउँदै मंगलबार काठमाडौं जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्दको आह्वान गरेको छ ।

गत बुधबार काठमाडौं जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतममाथि उनकै कार्यकक्षमा भ्रष्टाचारीको आरोपमा कालो मोसो दलेपछि गैरकानूनी कार्य गरेको भन्दै प्रहरीले क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी र सदस्य विकास अधिकारीलाई गत शुक्रबार गिरफ्तार गरेको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीले सोमबार संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्ति गर्दै गिरफ्तार आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा माग गरेका छन् ।

प्रेस विज्ञप्ति :

press

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत