राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बिच भेटवार्ता

२२ बैशाख, काठमाडौं ।

Rastapati&PMप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई भेट गरेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् । राष्ट्रपति र प्रधानमन्त्री बिचको भेटमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन सम्बन्धी प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको स्थायी समिति बैठकको निर्णय सुनाउँदै एमाओवादीकै नेतृत्वमा नयाँ सरकार गठन कार्यमा सघाउन आग्रह गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत