उपप्रधान तथा परराष्ट्रमन्त्री थापा पद छाड्न तयार : मधेसी मोर्चालाई औपचारिक रुपमा पत्र लेख्ने तयारी

२६ बैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेसको समस्या समाधान गर्न सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन अप्ठ्यारो परेको भए आफू संयोजक पद छाड्न तयार रहेको बताएका छन् ।

राजधानीमा शनिबार एक कार्यक्रमा बोल्दै थापाले मधेसको माग पुरा गर्ने फ्रेमवर्क तयार भएको बताउँदै आन्दोलनरत् मधेसी मोर्चालाई आइतबार वार्ताका लागि औपचारिक रुपमा पत्र लेख्ने तयारी भइरहेको समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत