प्रधानमन्त्री ओलीलाई आरोप पुष्टि गर्न राजदूत उपाध्यायको चुनौति

२८ बैशाख, काठमाडौं ।

Oli and Upadhya

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल सरकारले फिर्ता बोलाएसँगै उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीबाटै आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

राजदूत उपाध्यायले भारतीय पत्रिका इकोनोमिक टाइम्सलाई अन्तर्वार्ता दिँदै आफूमाथि सरकार परिवर्तनमा भुमिका खेलेको भनी लगाइएको आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् ।

तत्कालिन सुशील कोइराला सरकारको पालामा नेपाली कांग्रेसको कोटामा राजदूत बनेका उपाध्यायलाई केही दिनअघि सरकार ढाल्न भूमिका खेलेको साथै परराष्ट्रसँग समन्वय नगरी नेपाल आएर गतिविधि भारतीय राजदूत लगायतसँग कार्यक्रम गरेको आरोप लगाउँदै मन्त्रिपरिषदले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनलाई सरकारले फिर्ता बोलाएको पत्र सोमबार नै पठाइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत