अमेरिकी हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएकाको सम्झनामा वीर स्मारक

२९ बैशाख, काठमाडौं ।

वेब तस्बिर

वेब तस्बिर

अमेरिकी जलसेना विभाग प्रमुख रे माबुस तीन दिने औपचारिक नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

भ्रमणको सिलसिलामा बुधबार प्रधानसेनापति राजेन्द्र क्षत्री र माबुसले गत वर्षको विनाशकारी भूकम्पपछि उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खटिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका नेपाली सेना, अमेरिकी सेना तथा गैरसैनिक नेपालीको सम्झनामा छाउनी हाताभित्र नवनिर्मित वीर स्मारकको संयुक्त रुपमा अनावरण गरे ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले विनाशकारी भूकम्पको समयमा अमेरिकी सरकारबाट खोज तथा उद्धार कार्यमा पु¥याएको सहयोगको प्रति कृतज्ञता व्यक्त गरे ।

अमेरिकी जलसेना प्रमुख माबुसले विपद्को समयमा अमेरिकी सरकारको तर्पmबाट नेपाली सेनालाई हरेक प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत