प्रचण्डलाई जेल हाल्ने देउवाको तयारी !

३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका शीर्ष नेताहरुसँगको परामर्शका क्रममा पछिल्लो विकसित राजनैतिक घटनाक्रमबारे जानकारी गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्ने तयारी भइरहेको बताएका थिए ।

‘हिजो जंगलबाट उठाएर ल्याएका प्रचण्ड आज नेपाली राजनीतिमा एकाएक हिरो बन्दैछ, प्रचण्डलाई धेरै समय खुल्ला छाड्यो भने कांग्रेस सखाप हुनसक्छ’ शीर्ष नेतासँग देउवाले भनेका थिए, ‘प्रचण्डलाई ठीक पार्ने एउटै मात्र उपाय भनेको जेल हाल्ने हो, म अहिले त्यसैको तयारीमा छु, तपाईहरुले पनि साथ दिनुपर्छ ।’

प्रचण्डले पछिल्लो पटक सरकार परिवर्तनको विषयमा धोका दिएको भन्दै गोप्य छलफलमा उपस्थित कांग्रेस नेताहरुले प्रचण्डलाई  द्वन्द्वकालीन मुद्दाको अभियोगमा एक रात भए पनि जेल भित्र हुल्नु पर्ने बताएका थिए ।

‘देउवाको तयारी बाहिर आयो भने राजनीतिमा कि प्रचण्ड सिद्धिन्छ कि देउवा ।’ गोप्य  छलफलमा सहभागी एक नेताले बताएको भन्दै खबरटाइम्सले समाचार लेखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत