मातृका यादव नेतृत्वको माओवादी एकता प्रक्रियामा नजाने

१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी,  क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी) र स्वतन्त्र रहेकी माओवादी नेतृ जयपुरी घर्ती मगरबीच पार्टी एकता गर्ने भनिएपनि मातृका यादव नेतृत्वको माओवादी तत्काल एकता प्रक्रियामा नजाने भएको छ ।

राजधानीको माइतीघर मण्डला नजिकै रहेको एक घरमा शनिबार दिउँसो करिव ४ बजे सुरु भएको  छलफलका क्रममा पार्टी एकताको लागि तयार पारिएको १३ बुँदे आधारपत्रमा  मधेशका मुद्दाहरु सम्बोधन नभएको र सम्बोधन गर्नुपर्छ भनेर मातृका समूहले विषय मधेशको मुद्दा उठाएपछि  एमाओवादी अध्यक्ष प्रचण्डले त्यसो हो भने तपाईहरुसँग छुट्टै थप छलफल गर्नु पर्ने देखियो ।  हामी एउटा प्रक्रियामा अघि बढ्छौं भने पछि मातृका यादव समूह सो छलफलबाट बाहिरिएको थियो ।

यसैगरी  क्रान्तिकारी माओवादीबाट राम बहादुर थापा (बादल) नेतृत्वको समूह एकता प्रक्रियामा गए पनि मोहन वैद्य किरण समूह एकता प्रक्रियामा सामेल भएन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत