केशरबहादुर विष्टले गरे पूर्वपञ्चहरु भेला

२ जेठ, काठमाडौं । राप्रपा नेपाल (कमल थापाबाट)बाट पार्टी हितविपरीत गतिविधि गरेको भन्दै तीन वर्षका लागि निलम्वनमा परेका सहअध्यक्ष केशरबहादुर विष्टले पूर्वपञ्चहरु भेला गरेका छन् ।

काठमाडौको प्रज्ञा भवनमा आइतबार पूर्वपञ्चहरु डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत र बालाराम घर्ती मगर समेतको सहभागितामा विष्टले उपत्यकास्तरीय भेला गरेका हुन् ।

विष्टले सबै पूर्वपञ्चहरुलाई एकढिक्का बनाउने अभियान अन्तर्गत ३ देखि ६ महिनामा महाधिवेशन गरेर नयाँ राप्रपा बनाउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत