स्वरेजले जिते गोल्डेन बुट

२ जेठ, काठमाडौं । बार्सिलोनाका स्टाइकर लुइस स्वरेज स्पेनिस ला लिगाको टप स्कोरर बनेका छन् । क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई उछिन्दै  स्वरेज टप स्कोरर बनेका हुन् ।

ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो ।

शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वरेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे । यससँगै उनको ला लिगामा यो सिजन व्यक्तिगत गोल ४० भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत