कांग्रेसले ओली सरकारको प्रतिकार गर्ने !

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वर्तमान सरकारले सहमति, सहकार्य र लोकतान्त्रिक मूल्य-मान्यतालाई लत्याएर अघि बढेकाले त्यसको प्रतिकार गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई धेरै समय टिक्न नदिने चेतावनी दिएका देउवाले यो सरकारले विपक्षी दललाई बेवास्ता गरेर अघि बढिरहेको भन्दै सहमति र सहकार्यका साथै वार्तालाई लत्याएकाले प्रतिकार गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्रीको एकलौटी ढंगले काम गर्ने शैली सहेर नबस्ने भन्दै उनले प्रजातन्त्रमा सरकारले विपक्षी दललाई साथै लिएर अगाडि बढ्नु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत