मधेशी मोर्चाको सिंहदरवार घेराउ कार्यक्रम जारी : घेराउमा विदेशीको संग्लग्नता बारे सरकार गम्भीर

३ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुलुककै  मुख्य प्रशासनिक भवन सिहदरवार धेराउ गर्नुको कुनै औचित्य नरहेको  बताउँदै संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउमा विदेशीको संग्लग्नता बारे सरकार गम्भीर भएको बताएका छन् ।

andolan-Bideshi

अधिकार प्राप्तिका लागि भन्दै मेधसी मोर्चा सम्मिलित संघीय गठबन्धनद्वारा आयोजित सिंहदरवार घेराउ कार्यक्रम सोमबार पनि जारी छ ।घेराउ कार्यक्रममा नेपाल घुम्न आएका केही पर्यटकले आइतबारको घेराउ कार्यक्रममा टाउकोमा स्वयंसेवक र लिम्बुवान लेखिएको फेटा बाँधेका थिए भने हातमा मगरात लेखिएको फेटालाई बाँधेर फोटो खिचाएका थिए उनीहरु रमाइलो मान्दै केही समय आन्दोलनकारीसँगै घेराउ कार्यक्रममा सहभागी समेत भएका थिए ।

Signha Durbar1

अनामनगर क्षेत्रमा आइतबारको तुलनामा गठबन्धनका कार्यकर्ता कम देखिएका छन् । तर गठबन्धनको आन्दोलनकै कारण काठमाडौंमा सवारी व्यवस्था प्रभावित भएको छ ।

Signha Durbar2

आइतबारको तुलानामा सोमबार प्रदर्शनकारी पनि कम भएकोले सवारी सधानलाई विकल्प दिएर डाइभर्सन गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत