जेठ १३ गते जरिवाना बढाएको बिरोधमा देशव्यापी चक्का जाम – यातायात व्यवसायी

४ जेठ, काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना बढाएको बिरोधमा यातायात व्यवसायी र मजदूर सम्बद्ध विभिन्न ८ वटा संगठनको बैठकले जेठ १३ गते देशव्यापी चक्का जामको घोषणा गरेका छन् ।

मंगलबार काठमाडौमा बसेको   बैठकले  ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेवापत ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराउन थालेको विरोधमा जेठ १३ गते चक्काजामको घोषणा गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको १९ सदस्यीय संघर्ष समितिले जरिवानाको निर्णय पुनर्विचार गर्न तथा जरिवानाको रकम मध्ये १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने व्यवस्था खारेजका लागि दवाब दिने जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको उल्लंघन रोक्न सवारी चालकहरुसँग जेठ १ गतेदेखि ५ सयदेखि १५ सय रुपैयाँसम्मका दरले जरिवाना असुल गर्दै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत