बुद्ध जयन्ती भव्यरुपमा सफल पार्ने राजनीतिक दलहरुको प्रतिबद्धता

५ जेठ, रुपन्देही । लुम्बिनीमा आयोजना गर्न लागिएको २५६०औँ बुद्ध जयन्तीलाई भव्य, सभ्य र मर्यादित बनाई सफल पार्न रुपन्देहीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको संयुक्त आयोजनामा मङ्गलबार ‘भैरहवामा भएको बुद्ध जयन्ती र शान्ति सुरक्षा’ विषयक अन्तरक्रियामा बोल्ने राजनीतिक दलका प्रतिनिधिले बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पार्ने प्रतिबद्धता जनाएका हुन् ।

दलका प्रमुख तथा प्रतिनीधिले बुद्ध जयन्तीलाई सफल पार्न आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रममा स्थानीय समुदायको सहभागिता बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्षेत्रीय सुरक्षा निकायका प्रमुख, जिल्ला तथा अञ्चलका सुरक्षा निकायका प्रमुख, लुम्बिनी विकास कोषका पदाधिकारी, जिल्लाका सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायीको उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत