आन्दोलनकै बिचमा मधेशवादी दलका नेता सिंहदरबार छिरे

७ जेठ । दुई दिन सिंहदरबार घेराउ गरेर बालुवाटार घेराउ गर्न पुगेका मधेशवादी दलका नेता गण आन्दोलनकै बिचमा सिंहदरबार छिरेका छन् ।

नेपाली कांग्रेसले सिंहदरबार छिर्ने अवसर जुराइदिए पछि मधेसवादी दलका नेताहरु शुक्रबार सिंहदरबार पसेका हुन् । उनीहरु सिंहदरबार भित्र पस्दा गेटका सुरक्षाकर्मीहरु अचम्ममा परेका थिए ।

विशेष छलफल गर्न भन्दै कांग्रेसले सिंहदरबार भित्र बोलाएपछि मधेसवादी दलका नेताहरु लाइन लागेर सिंहदरबार भित्र पसेका हुन् ।

कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार मधेसवादी दलका नेतालाई व्यवस्थापिका संसदको नियमावली मस्यौदामाथि आफूले राखेको संशोधनको पक्षमा समर्थनका लागि आग्रह गर्न कांग्रेसको संसदीय कार्यालयमा बोलाइएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलमा संसदीय सुनुवाई बनाउन कांग्रेसले गरेको ७५ सदस्यीय विशेष समितिमा समर्थन जनाउन मधेसवादी दलका नेतालाई आग्रह गरेका थिए । तर, सत्तारुढ दल एमाले र नेकपा माओवादी केन्द्रले भने नयाँ संविधानअनुसार समिति १५ सदस्यीय बनाउनु पर्ने अडान राखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत