गोर्खाल्याण्ड माग्नेलाई दमन गर्ने भारतले मधेसीको अधिकारको कुरा गर्न सुहाउँदैन – चन्द

७ जेठ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मधेसी-पहाडी, जनजाति, क्षेत्री र बाहुनका नाममा ‘दलाल राज्यसत्ता’ले नेपाली जनतालाई फुटाउन खोजेको आरोप लगाउँदै भारतविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।

चन्दले गोर्खाल्याण्ड माग्ने नेपाली भाषीलाई दमन गर्ने भारतले नेपालका मधेसीहरुको अधिकारको कुरा गर्न नसुहाउने बताए ।

‘भारतमा नेपाली भाषीहरुले गोर्खाल्याण्ड मागेको कति वर्ष भयो ?’ भन्दै महासचिव चन्दले प्रश्न गरे, ‘आफ्नो अधिकार माग्ने जनतामाथि दमन गर्ने भारतले मधेसीलाई मुक्ति दिन्छ ?’

‘दिल्लीले मधेसीलाई मुक्ति दिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम मात्रै हो, पहाडी दलाललाई च्यापेर दिल्लीले मधेसीलाई दुःख दिएको छ ।’ खुल्ला मञ्चमा आयोजित कार्यक्रममा बिहीबार  विप्लवले भने, ‘मधेसको अधिकारको कुरा गर्ने भारतले आफ्नै देशका बिहारी जनतालाई अधिकार नदिएर पहाडे र मधेसीका नाममा नेपाली जनतालाई फुटाउन चाहेको छ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत