आज २५६०औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष समारोहको आयोजना

८ जेठ, काठमाडौ । आज देशभर २५६०औँ बुद्ध जयन्ती मनाईंदै छ । बुद्धप्रति आस्था प्रकट गरी लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।

Lumbini

लुम्बिनीमा विशेष समारोहको बिच आयोजना हुने बुद्ध जयन्ती कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विभिन्न २८ देशका बुद्ध विद्धान्, भिक्षुहरुको सहभागिता रहने छ ।

नेपालको लुम्बिनीमा २५६० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाका दिनमा भएको थियो ।  सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा  विश्व प्रसिद्धि भए । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका छन् ।

पञ्चशील उपदेशमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत