नेताहरु बाहिर स्वाधिनताको कुरा गर्छन् भित्रभित्रै लैनचौरमा लम्पसार र दिल्लीमा पुगेर सत्ताको बार्गेनिङ गर्छन् –विप्लब

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द भन्छन्  :

ntbc

 

“यतापट्टिका यादवहरुलाई दिल्लीले माया गर्ने र उताका यादवहरुलाई मार्ने हुन सक्दैन । त्यहाँ एउटा दृष्टिकोण छ, नेपालको कुनै यादव माओवादी भयो, भने दिल्लीले पहाडियालाई होइन्, सबैभन्दा पहिला त्यो यावदलाई मार्नेवाला छ । यो कुरा तपाईंहरु सबैले बुझ्न जरुरी छ । पासवान, महतोहरु नेपालका माओवादी भए भने यहाँका पहाडियाहरुलाई च्यापेर यादव, पासवान र महतोलाई मार्न आदेश दिनेवाला छ । 

एक मधेश एक प्रदेश भनेर जबरजस्त लाद्न खोज्ने दिल्ली ? अरु कुरा छोडौं नेपाली भाषीहरुले माग गरेको गोर्खाल्याण्ड, एउटा सानो गोर्खाल्याण्ड राज्य चाहियो भने दार्जलिङका नेपाली भाषीहरुले आन्दोलन गर्न थालेको कति बर्ष भयो ? दशकौं बितिसक्यो । दिल्लीले नेपाली भाषीमाथि दमन गर्छ । अनि त्यसले दिन्छ मधेशलाई मुक्ति ? आफ्नै देशका नागरिकमाथि दमन गर्ने भारतले, अहिले दार्जलिङ जेसुकै भएपनि भारतकै अन्तर्गत रहेपनि दार्जलिङमाथि दमन गर्ने दिल्लीले नेपालका मधेशी दाजुभाइहरुलाई अधिकार दिन्छ भन्ने भ्रम पालेको हो भने त्यो सम्भव छैन ।”

८ जेठ, काठमाडौ ।
क्रान्ति एउटा मूल्यसहित सम्पन्न हुने परिघट्ना हो । जनताको बिजय एउटा निश्चित मूल्यबाट प्राप्त हुने परिघटना हो । २०५२ साल फागुन १ गते तपाई हामी सबैले एउटा प्रण गरेर सहभागी भएका थियौं, सहिद हुन पाऔं भनेर हामी तयार भएका थियौं ।

जनताको मुक्तिको लागि, देशको स्वाधिनताको लागि नयाँ पुस्ताको लागि, विश्वमा श्रमिक वर्गको लागि आवश्यक पर्दा सहिद हुन पाऔं भन्ने इच्छा बोकेर हामी सहभागी भएका थियौं । लड्दै हामी यहाँसम्म आइपुगेका छौं । यसक्रममा थुप्रै योद्धाहरु, जनमुक्ति सेनाका साथीहरु सहिद हुनुभएको छ । यो देशमा सहिद, बेपत्ता र घाइते अपाङ्गहरुको के हुन्छ ? भनेर चासो राख्दै आउनुभएको छ । यो देशमा स्वाधिनताको लागि बलिदान गुर्न हाम्रो गल्ती थिएन, नौ जवानहरुको नयाँ भविष्य सुनिश्चिताको निम्ति नयाँ जनवादी क्रान्तिमा होमिएर बलिदान गर्नु कुनै गल्ती थिएन, त्यो गौरवको कुरा थियो । तर, आज सबैमा एउटा पीडा छ, बलिदान गर्ने सहिदको परिवारमा, बेपत्ता, योद्धाहरुको परिवारमा, माओवादी आन्दोलनमा गोलबद्ध तपाईंहरुको मनमा एउटा पीडा छ कि, सहिद र बेपत्ताहरुको मूल्य के हो ? हाम्रा अपेक्षाहरु थिए, हामीले चाहेका थियौं, कि बालुवाटार र सिंहदरबारले सहिदको रगतको अवमूल्यन गर्ने छैन, आईसिसी भवनले बेपत्ता योद्धाहरुको भवनाको अवमूल्यन गर्ने छैन् ।

यहाँका राजनीतिक दलहरु र अन्तर्राष्ट्रिय शक्तिहरुले हाम्रा बलिदानहरुको अवमूल्यन गर्ने छैनन्, हामीलाई आशा थियो । त्यस बीचमा मेहनत पनि ग¥यौं । १० वर्ष गुजार्दै गर्दा शान्ति प्रक्रियाका पार गर्दा बालुवाटार, सिंहदरबार र आईसीसी (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) संसदले हाम्रो रगतको उपहास गरेको छ । दलका नेताहरुले विस्तृत शान्ति सम्झौताको अपमान गरेका छन् । जनताले यो कुरा बिर्सेका छैनन्, हामीले यो कुरा बिर्सेका छैनौं । तिमीहरुले जनताको अपेक्षा पूरा गर्दैनौं भने यसको मतलब यो होइन् कि हाम्रा सहिदहरु, बेपत्ता परिवारहरु अपमानित हुन्छन्, एक दिन सबैले क्रान्ति स्वीकार गर्न र सहिद, बेपत्ता र योद्धाहरुको मूल्य मान्यता स्थापित हुनेछन् । आज सहिद, बेपत्ता र योद्धाहरुको रगतलाई भ¥याङ्ग बनाएर तपाईंहरु सत्तामा पुग्नु भएको छ । नेपाली कांग्रेस राजतन्त्रको जेलभित्र जानेवाला थियो, गिरिजा प्रसाद कोइराला र आसेपासेहरुको जीवन ज्ञानेन्द्र शाहको जेलभित्र बित्नेवाला थियो । गाउँबाट जनताले लखेटेका थिए र शहरबाट राजतन्त्रले सखाप पारेको अवस्था थियो । एमालेको जीवन जेलभित्र थियो । माधव नेपाल र केपी ओली र माधव नेपालहरुको हात र खट्टामा नेल थिए, तिम्रा हातको हत्कडी फुत्काउने काम तिमीहरुको पार्टीले गरेको होइन्, जनमुक्ति योद्धाहरुले गरेका हो । नेपालको माओवादी आन्दोलनले गरेको हो । तिमीहरुले आज अपमान गर्न खोज्दैछौं ।

विभिन्न विदेशी शक्तिहरुको इशारामा माओवादी मूल्य, मान्यता र आन्दोलनलाई बद्नाम गर्न खोज्दैछौं । सहिद, बेपत्ताहरुको किनबेच भएको जस्तो मूल्यहीन हुन पुगेको छ । उल्टो अहिले बलिदान गर्ने, लड्ने, वीरतापूर्वक सामना गर्ने मानिसलाई आज जेलमा सडाउने प्रयत्न भइरहेको छ । मुद्दा लगाईदैछ । सर्वोच्च अदालत भनाउँदो एउटा प्रतिक्रियावादीहरुको अड्डाले जनताको विरुद्धमा फैसला गर्ने दुस्साहस पनि गर्दैछ । हामी हेरिरहेका छौं, यो संक्रमणकालको फाइदा उठाएर नेपाली जनताको अवमूल्यन गर्ने, अपमान गर्ने प्रयत्न भइरहेको छ । हामी चुनौति दिन चाहन्छौं । नेपालको माओवादीले यो बलिदान नगरेको भए, आज नेपाल यहाँ हुने थिएन । आज सहिद बेपत्ताहरुको बलिदानलाई बेचेर खाने काम भएको छ । मलाई कस्तो अनुभूति भइरहेको छ भने मिल्ने भए, यिनीहरुले सहिदहरु फाँसीमा चढाउँथे होलान् । बेपत्ताहरुलाई जेल हाल्थे होलान् । किनभने, राज्य अहिले जिल्ला जिल्लाबाट खबर आइरहेका छन्, माओवादीका घरमा हिजोको मुद्दाका म्याद टाँसिन थालेका छन् । प्रचण्ड आफैँ सरकारमा छन्, अनि आफैँ रुँदै सरकारसँग वार्ता भनिरहेछन् । हामीलाई पनि छलफलमा बोलाइयो । हामीले भनेका छौं, हाम्रो घरमा म्याद टाँसिएको भोलिपल्ट केपी ओलीको घरमा पनि म्याद टाँसिन्छ । यो कुनै लुकाई छिपाई वा धम्कीको कुरा होइन् । हाम्रा योद्धाहरु गिरफ्तार भएको दिन, हिजोको जनयुद्धमा दमन गर्नेहरुलाई पनि गिरफ्तार गरिन्छ । त्यसको बदला हामी लिन्छौं । ती जनमुक्ति आन्दोलनमा बलिदान गर्ने सहिद र बेपत्ताहरुको मूल्य यो देशको श्रेष्ठ मूल्य हो । सहिद, बेपत्ता योद्धाहरुको रगत मेट्न चाहनेहरु, माओवादी आन्दोलन मेट्न चाहने शक्तिहरु यो धर्तीबाट मेटिने कुरामा कसैले शङ्का गर्नु पर्दैन ।

लेनिनले भन्नुभएको थियो– कम्युनिष्टहरुले चिन्ता मात्रै गर्ने होइन्, चिन्तन पनि गर्नु पर्दछ । यो देशलाई कसरी पार लगाउने ? देश यतिबेला चौरमा छोडेको वस्तु जस्तो भएको छ । कसैले जिम्मा नलिने, देश असरल्ल परेको छ । हामी माओवादीहरु निराश हुन मिल्दैन । प्रतिक्रियावादी राज्यसत्ताले जनतामाथि गरेको सबै प्रकारका व्यवहारको हिसाब हुन्छ । यो देशमा कालो सपना देख्नेहरुको सपना पूरा हुन सक्दैन । सहिद र बेपत्ता योद्धाहरुको परिवारलाई म आश्वस्त पार्न चाहन्छु, हामीले माओवादीमा एउटा विद्रोहको शंखघोष गरेको कुरा, हामीले यो देशमा एकीकृत जनक्रान्ति संश्लेषण गरेको कुरा कुनै पदको बार्गेनिङको लागि होइन, मन्त्री पदको लागि होइन, पद, कुर्सी, पैसा र सुविधाको लागि होइन । हाम्रो एउटा मात्रै संकल्प र प्रतिवद्धता छ, नेपालमा सामन्तहरुको राज्यसत्तालाई अन्त्य गर्ने, दलाल पुँजीपतिहरुको सत्ताको अन्त्य गर्ने, नेपालमा विदेशी तत्वहरुको चलखेललाई अन्त्य गर्ने, नौ जवान युवाहरुको भविष्यलाई अन्धकारमा पार्ने र एउटा उज्वल नेपाल, स्वाधिन नेपाल, स्वतन्त्र नेपाल, मुक्त नेपाल, जनताको अधिकारसहितको नेपाल र आफ्नो खुट्टामा आफैँ उभिएको सम्पन्न देशको नेपाली नागरिक हुँ भन्ने हाम्रो एउटा सपना छ । त्यो सपनालाई आज घात गरिएको छ । त्यही सपनालाई पूरा गर्ने अठोटका साथ हामीले पार्टी पुनर्गठन गरेका हौं । त्यो सपना सहिद, बेपत्ता योद्धा, देशभक्त, मजदुर किसान सबैसँग जोडिएर आएको छ ।

तपाईंहरुले अहिले नै हामीलाई समर्थन गर्नुस्, यो पनि म भन्न चाहन्न । तपाईंहरु यहाँ चौरमा पानीमा भिज्दै धेरै मानिसहरु सहभागी हुनुभएको छ । तपाईहरुलाई हामीले समर्थन गर्नुस् भनौंला, तर त्यसमा कुनै बाध्यता छैन् । तपाईंलाई चित्त बुझ्दाका दिन मात्रै हामीलाई समर्थन गर्नुस् । तपाईंलाई शंका लाग्दाका दिनसम्म हामीलाई औंला ठड्याउनुस्, प्रश्न राख्नुस्, हामी त्यसको उत्तर दिन, परीक्षामा सहभागी हुन तयार छौं । हामी प्रतिक्रियावादीहरुको मात्रै होइन्, जनताको बीचमा उठेर आएका प्रश्नहरुको पनि जवाफ दिन तयार छौं । हामी बरु, सहिद हुनेछौं, तर सहिदको सपनालाई खेर जान दिने छैनौं । आज म फेरि दोहो¥याउन चाहन्छु, आज एउटा चर्चा पनि छ, माओवादीले १० हजार युवा भर्ती ग¥यो रे !, १० हजार होइन्, हामी १० लाख भर्ती गर्छौं यो देशमा । यो देशमा सहिद, बेपत्ता योद्धाहरुको सपना पुरा गरेरै छाड्ने संकल्प यहाँहरु समक्ष राख्न चाहन्छु ।

देशमा जटिल र संकटपूर्ण परिस्थितिमा नेपाली जनतालाई यहाँका बुद्धिजीवी, युवा, किसान मजदुर, किसान, महिला, मधेशी, जनजातिलाई हाम्रो दृष्टिकोण सुनाउन हामी यहाँ उपस्थित भएका छौं । काम कुरो एकातिर कुम्लोबोकी कुतितिर भने झैं देशमा जनताको अवस्था बिजोग छ । हाम्रो देशमाथि थिचोमिचो गरिएको छ । जनताहरु गरिबीको रेखामुनी पिल्सिएका छन् । कुनै सुविधा छैन् । पार्टीका नेताको भाषण सुन्नु भयो, भने नेताहरु अर्कोतिर डम्फु बजाउँदैछ । दैनिक नेताहरुको ध्याय, मन्त्री कसरी बन्ने, सरकारलाई कसरी ढाल्ने, कहिले आफैँ सत्तामा पुग्ने ध्याय देखिन्छ । घोक्रो फुलाई फुलाई भाषण देखिन्छ, नपाउने रोएको छ, पाउने घाँटी फुलाएर बसेको अवस्था छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका हेर्दा एउटा नौटंकी जस्तो देखिन्छ । सबैतिर सरकारमा बसेर कसरी लुट्ने र लुट्न नपाएकाहरु सरकारमा कसरी पुग्ने भन्ने मात्रै देखिन्छ । जनता कहाँ छन्, देश कहाँ छन् केही मतलब देखिदैन । सबैको जिज्ञासा छ, माओवादीले के गर्छ ? देशमा बढेको भ्रष्टाचार अराजकता, अस्थिरताको अन्त्यको लागि जनताको कुरा सुन्ने, बोल्ने जनताको नेतृत्व गर्ने एउटा शक्ति चाहियो भनिरहेका छन् । जनताको त्यो भावनासहित हामी अगाडि बढ्न खोजिरहेका छौं । हिजो हामीले भन्दै आएको कुरा माओवादीलाई शान्ति प्रक्रियाबाट बाहिर राखेर जबर्जस्ती अघि बढ्न खोजियो ।

माओवादीलाई सत्तामा सहभागी गराउने भनेका पार्टीले जनयुद्धमा अघि सारेका किसानका मुद्दाहरु हुन् । हामीलाई पद चाहिएको छैन् । तर, हाम्रा मुद्दा सम्बोधन हुनुप¥यो । कांग्रेसको नेतृत्वमा सहमतिहरु उल्टाउँदै गर्दा हामीले त्यसो नगर्नुस्, शान्ति आउँदैन भनेर भन्दा मान्नुभएन, हामीले विद्रोह ग¥यौं । आज एक थान संविधान जारी गर्दा नेपालमा आर्थिक बृद्धिदर २ अंकको हुन्छ भनियो । त्यसो भन्नेमा बाबुराम भट्टराई पनि हो, एमाले पनि हो । हामीले त्यो सम्भव छैन, यसबाट हुँदैन भन्दा पनि माओवादीबिना नै नयाँ संविधान जारी गरियो । माओवादी नामका प्रचण्ड त, त्यहाँ थिए, तर पहेलो हुने बित्तिकै सुन हुँदैन पित्तल पनि हुनसक्छ । तपाईहरुले नयाँ संविधान जारी गरेपछि सबै ठिक हुन्छ भनियो, के भयो त ? नेपालमा लोकतन्त्र आयो त ? माओवादी बिनाको सत्ताले जनतालाई प्रजातन्त्र दिन सक्दैन ।

हिजो हामीमाथि प्रजातन्त्र भाँड्ने माओवादी, उग्रवादी माओवादी भनेर आरोप लगाइयो । संविधान बनेपछि सबै ठिक हुन्छ भनियो, संविधान बनेपछि एउटा हड्डीमा कुकुरले झगडा गरे झैं झगडा गर्ने तपाईहरु होइन ? एउटा हड्डीमा प्रचण्ड र केपी ओली लड्नु भयो, एउटा हड्डीमा कांग्रेस एमाओवादी र केपी ओली लडिराख्नु भएको छ । नेपालमा हामीले हे¥यौं, यहाँ प्रजातन्त्र नै आएन । यहाँ त जनताको प्रजातन्त्रको ठाउँमा दलालतन्त्र आयो । नेपालमा अराजकता तन्त्र आएको छ, भ्रष्टाचार तन्त्र आएको छ, तस्करी र कमिशनखोरहरुको तन्त्र आएको छ । जनतााई दलालतन्त्र, भ्रष्टाचारतन्त्र, कमिशनखोरतन्त्रले चुसिरहेको छ । हामीले देखेको कुरा यही हो । शान्ति हुन्छ, शान्ति भयो त ? हामीले देख्यौं माओवादीले गर्दा होइन, उहाँहरुका विवादले गर्दा संविधान नबन्दै दर्जनौं मानिसको रगत बगेको छ । संविधान बनेपछि हिंसा छ, अराजकता बढेको छ ।

संविधानपछि भारतले नाकाबन्दी ग¥यो । यहाँ कुरा भारतको नाकाबन्दीको मात्रै होइन, यो दलाल सत्ताको पनि दोष छ । नेपालमा महंगी अति बढ्यो । आर्थिक बृद्धिदर शून्यमा झ¥यो । दलालहरुका कारण उद्योगपतिहरु उद्योगबाट सडकमा पुग्ने अवस्थामा पुगेका छन् । विदेशी दलालहरु रातारात अर्बपति बनेर पलायन भएको अवस्था र केही गरांै भन्ने राष्ट्रवादीहरु सडकमा पुग्ने अवस्था सिर्जना हुन पुग्यो । कालोबजारी ३ अंकमा बढेको छ, मूल्यबृद्धि ३ अंकमा बढेको छ । तस्करी, भ्रष्टाचार मात्रै होइन, नदिनाला बेच्ने, सार्वजनिक सम्पत्ति बेच्ने दलालहरुको जगजगी हुन पुगेको छ । संविधान बनेपछि सबै ठिक हुन्छ भनेकोमा सबै विपरीत भएको छ । राष्ट्रिय स्वाधिनता बलियो हुनुको सट्टाका यहाँका दलका नेताहरु विदेशीको गोटी बन्न पुगेका छन् ।

दलका नेताहरु बाहिर बाहिर स्वाधिनताको कुरा गर्छन, भित्रभित्रै लैनचौरमा लम्पसार पर्ने गरेका छन् । दिल्लीमा पुगेर कमिशन र सत्ताको बार्गेनिङ गरिरहेको छ । एकदिन एउटा मानिसले एउटा सत्ताको कुरा गरिरहेको हुन्छ भने अर्काे दिन अर्काे सत्ताको कुरा गरिरहेको हुन्छ । च्याँखे थाप्ने, दाउ हान्ने स्वाधिनताको मामिलालाई जुवाडेहरुको दाउ हान्ने काम भएको छ नेपालमा । संविधान बनेपछि पनि राष्ट्रिय स्वाधिनता आएन । बरु उल्टै पराधिनता आइरहेको छ । देशमा बिदेशीहरुको चलखेल अत्याधिक बढेको देखेका छौं ।

दैनिक ठूलो मात्रामा युवाहरु विदेशिन बाध्य छन् । यही सत्ता रहँदासम्म नेपालीहरु स्वरोजगार हुने छैनन् । बरु दिन प्रतिदिन किसानहरुले जमिन बेच्नु पर्ने, मजदुरहरु जागिरबाट निकालिने अवस्था आउँदैछ । युवाहरु बेरोजगार हुने स्थिति आउँदैछ । देश उधो गतितिर गइरहेको छ ।

देशको अवस्था यस्तो हुनुमा धेरै कारणहरु छन् । नेपालमा दलालतन्त्र, दलालबर्ग हावी हुने मुख्य कारण हो । राज्यसत्तामा दलाल र विदेशीहरुको हैकम चल्दासम्म यो समस्या हल हुनेवाला छैन । राजनीतिमा बन्दै गरेको परिवेशमा यो राज्यसत्ताको विरुद्धमा माओवादीले अर्काे सत्ता बनाउँछ । यो कानुनको सट्टामा माओवादीलले अर्काे कानुन बनाउँछ । यो सरकारविरुद्ध माओवादीले अर्काे सरकार बनाउँछ । जुन दिन यो देशमा प्रतिक्रियावादी संविधान बन्यो, जुन दिन यो देशमा केपी ओलीको सरकार बन्यो हामीले पनि रत्नपार्कबाट घोषणा गरेका छौं, यो देशमा एउटा मात्रै संविधान छैन् । यो देशमा एउटा मात्रै सरकार छैन् । कसैलाई भ्रम नपरोस्, लेनिनले भन्नुभएको छ, जब पुरानो सत्तामा बसेकाहरुले जनतालाई उपहास गर्दछन्, त्यसले नयाँ सत्ता जन्माउँदछ ।

हामीले कुनै अन्य बार्गेनिङ होइन, माओवादी बिनाको संविधान बनाउने कार्य हामीलाई स्वीकार्य छैन् भनेर भनेको कुरालाई अस्वीकार गरेपछि यो देशमा जनताको आफ्नै संविधान र सरकार पनि छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्दछ । यो देशमा शेरबहादुर र प्रचण्डजीले लागू गर्ने संविधान मात्रै होइन्, दुई वटा संविधान छन् । यो देशमा किसान र मजदुरले लागू गर्ने अर्काे संविधान पनि छ भन्ने कुरा सबैले हेक्का राख्नु पर्दछ । हिजो प्रचण्डले भन्दै हुनुहुन्थ्यो, एक नम्बरमा स्थानीय निकायको चुनावमा जाने । हाम्रो पनि योजना एक नम्बरमा स्थानीय सत्ता तलबाट बनाएर ल्याउने हाम्रो पनि योजना छ । यो देशमा प्रतिक्रियावादी संसदीय संविधान हामी बाँच्दासम्म लागू हुने छैन् । त्यो सम्भव छैन् । जनताको संविधान पनि कार्यान्वयन पनि सँगसँगै कार्यान्वयन हुनेछ । यो देशमा प्रतिनिधि सभा र संसद पनि एउटा मात्रै छैन् । एउटा संसद आईसीसी भवनमा चल्छ, अर्काे जनप्रतिनिधि संसद जनताको बीचमा चल्छ ।

यो देशमा जनप्रतिनिधि सभा हामीसँग पनि छ । त्यति मात्रै होइन्, यहाँ केपी ओली प्रधानमन्त्री भएको सत्ता पनि छ र यहाँ सन्तोष बुढा प्रमुख भएको अर्काे सरकार पनि छ, देशमा । जनतासँग अर्काे संरचना पनि छ, सुशिला कार्की प्रधानन्यायाधीश भएको सर्वाेच्च अदालत छ, तपाई मात्रै होइन् प्रधानन्यायाधीश यहाँ जनताको अदालत पनि आउँदैछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । तपाईंहरु हाम्रो कुरा सुन्नुहुन्न भने यो आउँछ, आइरहन्छ । स्थानीय निकायको चुनाव गर्ने कुरा आएको छ, स्थानीय सत्ता मात्रै होइन, यहाँ फ्याक्ट्री फ्याक्ट्रीमा मजदुरको सत्ता छ । हामी यो सत्तासँग हरेक कुरामा प्रतिस्पर्धा गर्न तयार छौं ।

बिप्लव भूमिगत भयो भन्ने पनि सुनियो । यो पञ्चायती कुरा भयो । अहिले हामी जनताको बीचमा गएको मात्रै हो । हामी काठमाडौंमा पनि लड्ने हो, थवाङमा पनि लड्ने । हामी सिन्धुली, मुस्ताङ, ताप्लेजुङ वा जनकपुर सबै ठाउँमा लड्ने हो ।

तिमीहरुले जनयुद्धमा हामीलाई हराएको हुन्थ्यो भने हामी सहिद हुन्थ्यौं, हामीलाई भन्नु केही हुने थिएन । लडाईंमा हामी पनि आँटेर नै गएको हो । तपाईंहरु पनि तयार भएर आएको हो भने हामी तयार । तर कुर्सीमा लगेर एक÷दुई जना बद्नाम माओवादीलाई किनेर, पैसाका लोभीहरुलाई घेरा हालेर, दुई÷चार करोडमा किनेर सत्ता टिकाउने जो सपना देखेका छौं, हेरौं प्रतिस्पर्धा गरौं, फेरि लडाई भयो र हामीले हारेछौं भने कति चलाउँछौं, चलाऊ सत्ता ।

त्यसमा नेपाली सेना नै आउँछ भने पनि हामी छात्ती थापेर लड्न तयार छौं । तर, नेपाली सेनाले कसलाई साथ दिने हो ? नेपाल प्रहरी यो देशका दलाललाई साथ दिने कि जनतालाई साथ दिने ? रोज्ने बेला आएको छ । नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी सामू गम्भीर प्रश्न उब्जेको छ । तिमीहरुले देश बेचेर खाने दलालहरुलाई साथ दिने कि जनतालाई ? नदीनाला बेचेर खानेलाई दिने ? तीन पुस्तासम्म शासन गर्नेलाई साथ दिने कि जनतालाई ? चप्पल पनि लाउन नपाएकालाई साथ दिने कि भुँडी पनि पल्टाउन नसक्नेलाई साथ दिने ? एकछाक खान नपाउने मजदुरलाई साथ दिने कि ? पैसाको हिसाब गर्न नसक्नेलाई साथ दिने ? बिदेशिने नौजवानलाई साथ दिने कि दलालहरुलाई साथ दिने प्रहरी र सेनाले पनि सोच्ने बेला आएको छ ।

यहाँ एउटा चर्चा छ, बिप्लव माओवादी युद्ध गर्न लाग्यो रे ! हामीले युद्ध लड्ने कुरा गरेको होइन । हामीले मुक्तिको कुरा गरेको हो । स्वाधिनताको कुरा गरेको हो । तर, न्यायलाई बन्दुकले दबाउन खोजियो भने, मुक्तिलाई बन्दुकले दबाउन खोजियो भने, नेपाली जनताका भावनालाई बुटले दबाउन खोजियो भने, विदेशीको इसारामा नेपाली जनतामाथि बुटले दबाउन खोजियो भने हामील प्रतिरोध युद्ध लड्नेछौं । जनताको विरुद्धमा युद्ध लड्ने अधिकार प्रतिक्रियावादीलाई छ भने, विदेशीहरुलाई छ भने अन्यायपूर्ण, विध्वंसकारी युद्धका विरुद्धमा लालयुद्ध गर्ने अधिकार जनतालाई छ ।

देशभक्तहरुले अब बोल्नु पर्दछ, हामीले किन नलड्ने भनेर भारतीय सुरक्षाकर्मीहरु एके–४७ सहित नेपाल छिरेका छन् । केपी ओलीको सरकारले भारतसँग झुकेर नेपाल छिरेका भारतीय प्रहरीलाई कारवाही गर्नुको साटो लुत्रुक्क परेर दिल्लीलाई बुझाउँछन् । देशको गृहमन्त्री शक्ति बहादुर बस्नेत छन्, हिजो सँगै हिँडेको, उहाँको पारा देखेर टिठ पनि लाग्छ, हात जोडेर भारतीय प्रहरी भारतलाई बुझाउने ? यो जुन परिस्थिति बनेको छ, तपाईं सेना प्रहरीका कर्मचारी, देशभक्तहरुले भन्नुपर्दछ । विदेशीहरुले दिन दहाडै काठमाडौंमा आएर हाम्रो प्रहरीलाई हेप्दा तपाईहरुलाई बोल्नै नदिने यो सत्तासँग लड्ने कि नलड्ने ? हाम्रो सशस्त्र प्रहरीका भाइहरुलाई बोर्डरमा गोद्ने विरुद्ध हामीले लड्ने कि नलड्ने ? देशभक्त साथीहरु तपाईहरु जहाँ भएपनि सोच्ने बेला आएको छ । तपाईहरुसँग हाम्रो सहकार्य गर्ने नीति छ । उद्योगपति साथीहरु तपाईहरुसँग सहकार्य गर्ने हाम्रो चाहना छ । यो नेपाललाई साँच्चै केही गरेर देखाउने हाम्रो इच्छा छ । अधिकार सम्पन्न नागरिक, अधिकार सम्पन्न किसानलाई साँच्चै नागरिकको अनभूति गराउने उद्देश्य छ । यतिबेला नेपालका युवाहरुलाई आधुनिक गुलाम बनाइएको छ । नेपालीहरुलाई अलिकति पैसाले बाँधेर बिदेश पु¥याएर गुलाम बनाइएको छ ।

आज साम्राज्यवादले जातिवाद र धर्मवाद हुलेर नेपाललाई तहस–नहस बनाउन खोजिरहेको छ । नेपाली जनताको एकतालाई फुटाउने प्रयास भइरहेको छ । राजनीतिमा माओवादीसँग प्रतिस्पर्धा गर्न नसकेपछि साम्राज्यवादीहरुले धर्म हुलेका छन् । धर्मको नाममा जनतालाई लडाउने, भिडाउने प्रयास भइरहेको छ । कसैले धर्ममा आस्था राख्छ, हामीलाई भन्नु केही छैन् । यो भगवानले भाग्य बनाई दिने भए, दुःख गर्ने नेपालीहरुको भाग्य सबैभन्दा राम्रो हुने थियो । भगवान, अल्लाह, इसामसिह, रामकृष्णहरुले हेर्ने भए हाम्रो हालत यस्तो हुने थिएन । परम्परादेखि मान्दै आएको धर्म मान्नुस्, हाम्रो अवरोध हुदैन् तर धर्ममा लड्नु हुँदैन् ।

नेपाल प्रहरी र नेपाली सेनाले पनि सोचोस्, तपाईहरुले जनता विरुद्धको युद्धमा कहिले पनि जित्नु भएको छैन् । केपी ओलीको सरकारले गनसिप ल्याउँछ रे ! भूकम्पमा जनताले बास र गास पाएका छैनन्, अनि त्यो ल्याउन लागिएको गनशिप ल्याउने ? भारतसँग लड्न हो ? चाईनासँग लड्न हो ? माओवादीलाई मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम भइरहेको छ । गनशिल ल्याईदैछ, पख्लास् भन्या होला, गनसिप वा तोपसिप हामीलाई केही मतलब छैन् । नेपाली सेनाले बुझ्नु पर्दछ, आकाश र जमिनबाट भुट्छौं भन्ने सोचेका हौला । केही हुनेवाला छैन् । जनता उठे भने इतिहास जनताले निर्माण गर्ने हो बन्दुकले निर्माण गर्ने होइन् । प्रतिक्रियावादीहरुको बन्दुकले इतिहास निर्माण गर्न सक्दैन ।

हामीले तीन वटा कुरा अघि सारेका छौं । पहिलो भ्रष्टाचारीहरुलाई चारैतिरबाट घेरा हालेर तिनका विरुद्धमा संघर्ष छेड्नु पर्दछ । हामीलाई के विश्वास छैन् भने लोकमानसिंह कार्कीको टंगालस्थित कार्यालयबाट फर्मान जारी गरेकै भरमा भ्रष्टाचार निर्मल हुनेवाला छैन् । बरु चोरमाथिको चंडाल हुनेवाला छ । साना भ्रष्टाचारलाई देखाएर ठूला भ्रष्टाचारी उम्कने खतरा यहाँ छ । उही लोकमानले भ्रष्टाचार गर्ने र उही लोकमानको विशेष अदालतले फुकुवा गर्न बेर छैन् यहाँ । हामीले भ्रष्चारविरुद्धको संघर्षमा जोडतोडका साथ जनतालाई साथ लिएर अघि बढ्नु पर्दछ । यहाँ कालोबजारी छ । कालोबजारीमा ठूला नेताहरु, मन्त्री, तस्कर र कर्मचारीहरु समेत छन् । ठूला ठूला तस्करले सेटिङ गरेर रातारात करोडौं, अर्बौं कमाउनेहरु सक्रिय छन् । विद्यार्थी, मजदुरलाई कुनै सुविधा छैन् । जनजीविकाको बारेमा संघर्ष अघि बढाउन जरुरी छ ।

अर्को राष्ट्रियताको बारेमा पनि संघर्ष अघि बढाउनु पर्ने आवश्यकता छ । अपर कर्णाली, कोशी उच्च बाँध, अरुण तेस्रो, फास्ट ट्रयाक यी सबैको कुरा आएको छ । अपर कर्णालीबाट नेताहरुले घुस खाएका छन्, त्यो बारेमा कुनै नेताहरु, कांग्रेस, एमाले र एमाओवादीका नेताहरु बोल्दैनन्, मुखमा पैसाको बुझो लगाएर राष्ट्रिय स्वाधिनतामाथि घात गरेका छन् । अपर कर्णालीको कम्पनीलाई कुनै पनि हालतमा खारेज गरेर नेपाली जनताको पक्षमा रहने उपयुक्त कम्पनी छनौट गरी निर्माण गर्नुपर्दछ हामीले भनेका छौं । त्यही कुरा अरुण ३ मा पनि लागू हुन्छ । अरुण ३ बाट बिजुली निकालेर पट्ना लैजान पाइदैन । त्यो बिजुली यहीँ उपभोग गर्नुपर्दछ । कोशी हाईड्याम पनि त्यही हो । फास्ट ट्रयाकको बिषयमा शेर बहादुर देउवाले लज्जास्पद भाषण गरेका छन् । कांग्रेसलाई पनि लाज लाग्नु पर्ने हो । फास्ट ट्रयाकलाई भारतलाई नै दिनुपर्दछ भन्ने अभिव्यक्ति दिएका छन् । उनलाई देखेर लाग्छ, पद पाएपछि देशै पनि बेचेर हिँड्छन् । फास्ट ट्रयाकमा एउटा कुनै विदेशी कम्पनीलाई कर तिर्नको लगि फास्ट ट्रयाक निर्माण गर्न कुनै पनि हालतमा दिँदैनौं । उपयुक्त विधि खोज्नुपर्दछ । असमान सन्धि सम्झौताहरु खारेज गरिनुपर्दछ, त्यो मात्रै होइन, नेपाल–भारतको सीमामा नियमन गर्नुपर्दछ । केही दिन अघि मात्रै पनि रौतहटमा ४ बिघा जमिन खाएको अवस्था छ । बाँकेको अवस्था त्यस्तै छ ।

सीमानामा नेपालका प्रहरी सुरक्षाकर्मीमाथि भारतीय सुरक्षाकर्मीको ज्यादती अन्त्य गर्न पनि एउटा राष्ट्रिय सीमा सुरक्षा बल बनाएर त्यहाँ राखिनुपर्दछ । नेपालमा आएर विदेशीले पैसा निकालेर भाग्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । कैयौं बिदेशी दलाल पुँजिपतिहरुले नेपाली जग्गा नेपालको बैंकमा राखेर एक सातामा काम फत्ते गरेर भागेको अवस्था छ । त्यसकारण पुँजीको ठीक ढंगले परिचालन गर्न जरुरी छ ।
हामी यो प्रतिक्रियावादी सत्तालाई खारेज गर्दै जनगणतन्त्र नेपालो निर्माणको दिशामा अघि बढ्दैछौं । संसदीय सत्तालाई खारेज नगरेसम्म हामीले कुनै पनि दिन आराम गर्ने छैनौं र जनवादी सत्ता स्थापना गरेरै छोड्नेछौं ।

नेपालमा दुई वटा खतराबाट हामी बच्नुपर्दछ । एउटा धार्मिक युद्ध लडाउने खतरा छ, अर्काे जातीय युद्ध लडाउने खतरा छ । त्यहीभित्र साम्राज्यवादीहरु घुस्ने खतरा छ । त्यो बाट हाम्रा जनतालाई टुक्रा टुक्रा पार्ने, हाम्रो स्वाभिमान र स्वाधिनतालाई निलिदिने एउटा चुनौति हाम्रो अगाडि आएको छ । त्यसकारण यहाँ मधेशी, पहाडी जनजाति, क्षेत्री–बाहुनको कुरा होइन्, उत्पीडनमा परेका जनतालाई मुक्त गर्ने मुख्य कुरा हो । मधेशी, जनजाति, पहाडी, पूर्व, पश्चिम, पहाड, तराईका हामी सबै एक भएर दलाल पुँजीपतिहरुको सत्तालाई उल्टाउने हो र नेपालमा जनताको सत्ता स्थापना गर्ने हो । कुनै पनि मूल्यमा हामीले पहाडिया समुदायको विरुद्धमा मधेशी वा मधेशीका विरुद्धमा पहाडिया हुन दिनु हुँदैन । त्यसो गर्नु पनि हुँदैन् ।

मधेशका जनतालाई म भन्छु, तपाईहरु भ्रममा नपर्नु होला । मधेश पहाड होइन, भारतले मधेशलाई साथ दिन्छ भन्ने जो भ्रम छ, त्यो केबल दिवा भ्रम हो । केही पनि होइन त्यो । दिल्लीको नीति भनेको काठमाडौंलाई नियन्त्रण गर्ने नीति हो । दिल्लीको नीति भनेको छिमेकीहरुलाई नियन्त्रण गर्ने, खाने नीति हो । तपाईहरुले मधेशीहरुलाई दिल्लीले माया गर्छ कि भन्ने ठान्नु भयो भने त्यो पुरै गलत दृष्टिकोण हो । दिल्लीले माया गर्ने भनेको दलाल, सामन्त र पुँजीपतिहरुलाई हो । अनि उसको सामू लम्पसार पर्ने नोकरचाकरहरुलाई हो । नेपाली जनतालाई कहिले पनि गर्दैन । यो भ्रम कसैले नपाले हुन्छ । त्यही बिहारमा यादव, तेली, महतो अनि पासवानहरु छन् । के दिल्लीले बिहारका जनतालाई स्वतन्त्रता दिएको छ ? त्यहाँका किसानहरुले चलाएको आन्दोलनमा, माओवादीले चलाएको आन्दोलनमा दिल्लीले दिनहुँ यावदहरुलाई मारिरहेको छ ।

दिनदिनै पासवान, महतोहरु मारिहेका छन् । यतापट्टिका यादवहरुलाई दिल्लीले माया गर्ने र उताका यादवहरुलाई मार्ने हुन सक्दैन । त्यहाँ एउटा दृष्टिकोण छ, नेपालको कुनै यादव माओवादी भयो, भने दिल्लीले पहाडियालाई होइन्, सबैभन्दा पहिला त्यो यावदलाई मार्नेवाला छ । यो कुरा तपाईंहरु सबैले बुझ्न जरुरी छ । पासवान, महतोहरु नेपालका माओवादी भए भने यहाँका पहाडियाहरुलाई च्यापेर यादव, पासवान र महतोलाई मार्न आदेश दिनेवाला छ । त्यसैले हामीले के भ्रम पाल्नु हुँदैन भने भारतले मधेशीलाई संरक्षण गर्न र पहाडियाहरुलाई गर्दैन यो हुँदै होइन् ।

एक मधेश एक प्रदेश भनेर जबरजस्त लाद्न खोज्ने दिल्ली ? अरु कुरा छोडौं नेपाली भाषीहरुले माग गरेको गोर्खाल्याण्ड, एउटा सानो गोर्खाल्याण्ड राज्य चाहियो भने दार्जलिङका नेपाली भाषीहरुले आन्दोलन गर्न थालेको कति बर्ष भयो ? दशकौं बितिसक्यो । दिल्लीले नेपाली भाषीमाथि दमन गर्छ । अनि त्यसले दिन्छ मधेशलाई मुक्ति ? आफ्नै देशका नागरिकमाथि दमन गर्ने भारतले, अहिले दार्जलिङ जेसुकै भएपनि भारतकै अन्तर्गत रहेपनि दार्जलिङमाथि दमन गर्ने दिल्लीले नेपालका मधेशी दाजुभाइहरुलाई अधिकार दिन्छ भन्ने भ्रम पालेको हो भने त्यो सम्भव छैन । हामी यही दुई वटा कुराबाट मुलुकलाई बचाउनु पर्दछ । क्षेत्रीयता र जातीयताबाट मुलुकलाई बचाउन सक्नुपर्दछ ।

(नेकपा माओवादीका महासचिव विप्लवले शुक्रबार राजधानीको खुलामञ्चमा दिएको मन्तव्यको सम्पादित अंश) साभार : जनपाटीबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत