गमगढीमा बस हेर्न मानिसहरुको घुइँचो : बस र बसका चालकलाई फूलमाला र बाजागाजाले स्वागत

९ जेठ, मुगु । पहिलोपटक मुगु जिल्लाको सदरमुकाम गमगढीमा यात्रु बाहक बस पुगेपछि गमगढीबासीले बस, बसका चालक, यात्रुलाई फूलमाला, अबिर र बाजागाजाले भव्य स्वागत गरे ।

नाग्म-गमगढी ९४ किलोमिटर लामो सडकको ट्र्याक खोलिएको चार वर्षपछि मुगु सदरमुकाम गमगढीमा बाँकेको नेपालगञ्जबाट पहिलो पटक शनिबार साँझ रारा छायाँनाथ यातायात सेवाका दुई वटा बस पुगेको हो ।

विगतमा कष्टकर यात्रा गर्न बाध्य स्थानीयबासी बस सेवा सुरु भएपछि निकै खुसी छन् । बसलाई नजिकैबाट हेर्न सदरमुकाम आसपासका गाउँबाट पनि मानिसहरुको घुइँचो लागेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत