माओवादी केन्द्रको पहिलो बैठक बस्दै, प्रचण्डपछि दोस्रो बरियतामा विवाद

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयाेजक समितिको पहिलो बैठक आज दिउँसो १ बजे बत्तीसपुतलीस्थित अनुपमा फुडल्याण्डमा बस्दैछ । जम्बो समिति भएकाले पार्टी कार्यालयमा स्थान अभाव हुने भएपछि बैठक पार्टी प्यालेसमा हुने भएको हो ।

माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ । तर, अध्यक्ष प्रचण्डपछि दोस्रो बरियतामा को रहने भन्नेमा विवाद छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत