कांग्रेस नेता सिटौला र थापा राजविराजमा

१० जेठ, राजविराज । नेपाली कांग्रेसको महाधिवेशनमा गुट बनाएर सभापति र महामन्त्रीमा चुनाव लडेका कृष्णप्रसाद सिटौला र गगन थापा  सप्तरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा सदरमुकाम राजविराज आइपुगेका छन् ।

सिटौलाले अहिलेको अवस्थामा यो सरकारले मंसिरका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचन हुनै नसक्ने जिकिर नसक्ने भन्दै आफूहरु सरकार परिवर्तनको खेलमा लागेको स्वीकार गरेका छन् । सिटौलाले मंसिरका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई ‘नाटक’ को संज्ञा दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत