विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा विवाद भएपछि तीन सेल अश्रु ग्यास प्रहार

१० जेठ, रौतहट । श्री नेपाल उच्च माध्यमिक विद्यालय, विश्रामपुर, रौतहटको व्यवस्थापन समितिको निर्वाचनका लागि अध्यक्ष पदका दुई उम्मेदवार बिच शुरु भएको विवादले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै तीन सेल अश्रु ग्यास प्रहार गरेको छ ।

समनपुर गाविसका लेखापाल कामेश्वर सहनीकाअनुसार व्यवस्थापन समितिको अध्यक्ष पदका उम्मेदवार जगन्नाथ सहनी र रामप्रवेश पटेल पक्ष बिच विवाद भएपछि एकअर्का माथि ढुङ्गा-मुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ढुङ्गा-मुढाका क्रममा रमौलि बैरिया -३ का साधु सहनी, चिन्टु सहनी र वडा नम्बर -६ का सुखल मुखिया घाइते भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत