शिक्षक सेवा आयोगद्वारा १ हजार ११७ जना स्थायी शिक्षक माग

१० जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले सोमबार विज्ञापन जारी गर्दै खुला प्रतियोगिता मार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

पाँच वटै विकास क्षेत्रमा यसपटक १ हजार १ सय १७ जना स्थायी शिक्षक माग भएको छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाष र कम्प्युटर विज्ञान विषयका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

भदौ ११ गते बिहान ८ बजे हुने परीक्षाका लागि असार १२ गतेसम्म दरखास्त दिन सकिने छ ।

बिज्ञापन:

EDU.Bigyapan

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत