‘प्रचण्ड’लाई ३ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश !

११ जेठ, काठमाडौँ ।  सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धि मुद्दामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रचण्डले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई द्वन्द्वकालीन मुद्दामा फँसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले प्रचण्डविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।

सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई ३ दिनभित्र उपस्थित हुन आदेश दिएको हो । अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत