दुई भारतीय अवैध सुन भारत लैजादै गर्दा पक्राउ

१२ जेठ,  भैरहवा । सिद्धार्थ नगरपालिकाको भैरहवा आँखा अस्पताल चोकबाट अवैध रुपमा सुन भारत तर्फ लैजादै गर्दा दुई भारतीय पक्राउ परेका छन् ।

भारत विहारको मोतियारी जिल्लाका २५ वर्षीय हरिओम कुमार र सोही जिल्लाका २६ वर्षीय सुजितलाई सुनौली जादै गर्दा डिएसपी शंकर खनालको टोलीले नियन्त्रणमा लिएको हो ।

राजश्व तथा भन्सार सुरक्षा गुल्म डन्डा रुपन्देहीका विशेष सुराकीको आधारमा नियन्त्रणमा लिइएको भारतीय हरिओम  र सुजित सुन बोक्ने भरिया मात्र रहको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक तुलसीराम पाण्डेले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत