द्वन्द्वकालीन घटनाबारे महान्ययाधिवक्तासँग नेपाली सेनाको छलफल

१२ जेठ, काठमाडौं । आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाबारे नेपाली सेनाले महान्ययाधिवक्तासँग छलफल गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले गरिरहेको कामबारे पूर्वसेनापतिहरु, रथीहरु, उपरथी र सहायकरथीहरु सहभागी छलफलमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले  औपचारिक भेला गरेर द्वन्द्वकालीन मुद्दाका विषयमा आउन सक्ने चुनौतिबारे बहालवाला एवं पूर्वजर्नेलहरुलाई सचेत गराएको हो ।

भेलामा रक्षा सचिव महेशप्रसाद दाहालका साथै महान्यायाधिवक्ता हरि फुँयाललाई समेत निम्त्याइएको थियो । अन्तरक्रियामा सत्य निरुपणका विषयमा छलफल भएको नेपाली सेनाले जारी गरेको वक्तव्यमा समेत उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत