मासिक ७ हजार बुझाए ५५ वर्षपछि मासिक ५ हजार किसान पेन्सन ?

 

१२ जेठ, काठमाडौं । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले किसानलाई पेन्सन दिन आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ ।  कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो ।

कृषि मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न हरि रोकालाई जिम्मेवारी दिएको थियो । रोकाले किसानलाई ४ वर्गमा बाँडेर पेन्सनको सुविधा उपलब्ध गराउने योजना तयार पारेका छन् । पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले भने पेन्सन पाउने छैनन् ।

रोकाले तयार पारेको प्रतिवेदनमा किसानले वाषिर्क ५ हजार रुपैयाँ प्रिमियम जम्मा गरे ५५ वर्षपछि मासिक ४ हजार रुपैयाँ पेन्सनस्वरुप प्राप्त गर्न सक्नेछन् ।

मासिक ७ हजार वा वाषिर्क उत्पादनको १ प्रतिशतका दरले प्रिमियम बुझाएपछि ५५ वर्ष पश्चात् मासिक ५ हजार पेन्सन दिने कृषि मन्त्रालयको प्रस्ताव छ ।

प्रस्तावअनुसार पेटी बुर्जुवाको किसानले भने मासिक ९ हजार वा उत्पादनको १ प्रतिशत प्रिमियम बुझाएपछि मासिक ७ हजार वा जम्मा गरिएको अन्नपातको अनुपातमा पेन्सन दिइनेछ ।

जमिनदारले पेन्सन लिनका लागि मासिक १५ हजार वा वाषिर्क उत्पादनको १ प्रतिशत प्रिमियम बुझाएपछि ६५ वर्षपछि मासिक १० हजार पेन्सन पाउनेेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत