संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधान सभा जन्माउन नहुने – महतो

१२ जेठ, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चालाई प्रधानमन्त्रीले सम्बोधन गरेर पत्र पठाउनु सकारात्मक भएको बताउँदै संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधान सभा जन्माउन नहुने बताए ।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा महतोले मधेसी मोर्चाको आफ्नो अस्तित्व रहेको बताउँदै मधेसी मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको पत्रको जवाफ दिने बताए ।

साक्षत्कार कार्यक्रममा बोल्दै सद्भावनाका अध्यक्ष महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताए । उनले संविधानमा जुन जुन धारामा गल्ती भएको छ । त्यसलाई संशोधन गर्नु पर्ने उल्लेख गरे ।

संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखनको प्रतिबद्धता नआएसम्म वार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला गठवन्धनकै घटक महतोले पुर्नलेखन आवश्यक नभएको बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत