गठवन्धन आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई वार्ताको आहृवानसहित पत्र लेखेपछि संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ ।

शुक्रबार गठवन्धनको बैठक पछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको पत्र नपाएको बताउँदै सञ्चार माध्यमहरुमा आएका पत्रबारे छलफल भएको बताए ।

प्रधानमन्त्रीले पठाएको पत्रमा सबै माग पुरा भइसकेको भनिएको प्रति मोर्चाले आपत्ति जनाउँदै संघीय गठवन्धनलाई पत्र पठाए मात्र वार्तामा बस्ने निर्णय गरेको छ ।

मोर्चाले वार्ताका लागि आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई राहत, पक्राउ नेता कार्यकर्ताको रिहाइका साथै राजनीतिक मुद्दामा छलफल गर्न तयार रहेको प्रतिवद्धता लगायतका पूर्व सर्तहरु समेत पुरा गर्नु पर्ने बताएको छ ।

मधेसी मोर्चाले गरिरहेको काठमाडौं केन्द्रीत आन्दोलन आज शनिबार सकिदैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत