पूर्वउपराष्ट्रपति झा माथि अपमानजनक व्यवहार !

१५ जेठ, काठमडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रम पूर्वउपराष्ट्रपति परमानन्द झाले आफूमाथि अपमानजनक व्यवहार भएको भन्दै कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपरापष्ट्रपति नन्दबहाुदर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, राजनीतिक दलका नेता, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको कार्यक्रममा पुगेका पूर्वउपराष्ट्रपति परमानन्द झाले आफूमाथि अपमानजनक व्यवहार भएको महसुश गरी फर्किएका हुन् ।

हिन्दी भाषामा सपथ ग्रहण गरी विवादमा आएका पूर्वउपराष्ट्रपति झा गणतन्त्र दिवसमा भने औपचारिक पोशाकमा टुडिखेल पुगेका थिए । पूर्वउपराष्ट्रपति स्रोतका अनुसार आयोजकले बस्ने कुर्सीको व्यवस्था नगर्दा झाले मधेसी मुलका भएकै कारण अपमान बोध गरेको बताइएको छ ।

पूर्वउपराष्ट्रपति झा रिसाएर फर्किन खोज्दा सरकारी अधिकारीले हात जोडेर फकाएर राख्न खोजेका थिए । तर, झाले अपमान बोध गर्दै कार्यक्रममा सहभागी नभई फर्किए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत