पूर्वलडाकु, सहिद र वेपत्ता परिवारलाई बजेटमा राहत प्याकेज

sahid 2

१५ जेठ, काठमाडौं । व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै पूर्वलडाकु, सहिद परिवार एवं वेपत्ता परिवारका लागि राहतको प्याकेज घोषणा गरेका छन् ।

sahid pariwar

पौडेलले बजेट भाषणमा शनिबार सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने निर्णयअनुरुप जनयुद्धका घाइतेहरुलाई सरकारी अस्पतालमा निशुल्क उपचार गराउने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै अयोग्य लडाकूहरूलार्इ विगतमा घोषणा गरिएको पाँच लाख रुपैयाँ मध्येको पाउन बाँकी राहत रकम उपलब्ध गराइने बताए ।

sahid 1

त्यसैगरी अर्थमन्त्री पौडेलले राहत पाउन बाँकी रहेका द्वन्द्वपीडितहरुलाई दुई लाख रुपैयाँ उपलब्ध गराइने, सहिदको सूचीमा नपरेका व्यक्तिहरुको हकमा सरकारले सहिद सिफारिस समिति बनाएर काम गर्ने घोषणा गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत