देशलाई विखण्डनबाट जोगाउन माओवादी पार्टीहरु बीच एकता – मातृका यादव

१६ जेठ, राजविराज । नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले देशलाई विखण्डनबाट जोगाउनका लागि फुटेका माओवादी पार्टीहरु बीच एकता गर्नु परेको बताएका छन् ।

Matrika

राजविराजमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले उत्पीडित पहाडी र उत्पीडित मधेशी बीच भावनात्मक एकता कायम गरेर राष्ट्रिय एकता बलियो बनाउन जोड दिँदै मण्डले राष्ट्रवादले मुलुक बन्न नसक्ने ठोकुवा गरे ।

प्रचण्डको काँधमा चढेर राप्रपा नेपालका अध्यक्ष कमल थापा विदेश सयर गर्न थालेको भन्दै यादवले देशभक्तिको नारा दिएर महेन्द्रवादी प्रवृत्ति हावी भइरहेकाले देश विखण्डनमा जाने खतरा बढेको  बताएका हुन् ।

उग्र राष्ट्रियताको नारा दिएर पहाडका सिधा-साधा जनतालाई वर्तमान सरकारले अल्मल्याए जस्तै मधेशी नेताहरुले आन्दोलनका नाममा मधेशी जनतालाई मराएर आफू चाहिँ तेलको तस्करी तर्फ लागेको बताउँदै नेता यादवले यी दुवै कार्यशैलीबाट देश नबन्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत