भट्टले प्रचण्ड र देउवाविरुद्ध फेसबुकमा लेखेपछि…

१६ जेठ, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले फेसबुकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाका विरुद्ध स्टाटस लेखेपछि तनाव उत्पन्न भएको छ ।

रजिष्ट्रार भट्ट विरुद्ध साइबर क्राइम अन्तरगत मुद्दा दर्ता गर्ने तयारी गरिएपछि सुदुरपश्चिम विश्वविद्यालयमा एमालेको अखिल र कांग्रेसको नेविसंघबीच कुटाकुट नै भएको छ ।

सामाजिक सञ्जालमा एमालेको गुणगान गाउँदै रजिष्ट्रार भट्टले पदीय मर्यादा विपरीत अभिव्यक्ति सार्वजनिक गरेपछि नेविसंघ अन्य तीन विद्यार्थी संगठनसँगको सहकार्यमा आन्दोलन चलिरहेको छ ।

भट्टले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष दाहाललाई नक्कली क्रान्तिकारीको संज्ञा दिँदै उनीहरुले सरकार ढाल्न अनेक प्रयत्न गरिरहेको भन्दै स्टाटस लेखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत