वर्षको सर्वोत्कृष्ट फुटबलर तामाङलाई २५ लाखको चेक हस्तान्तरण

१८ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार फुटबल खेलाडी राजु तामाङलाई वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित गर्दै नगद २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

वर्षको सर्वोत्कृष्ट फुटबलर तथा मिडफिल्डर तामाङलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि एन्फाले वर्षको सर्वोत्कृत खेलाडी राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको भए पनि उनीहरुले अपार्टमेन्ट अझै पाएका छैनन् । तर, त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई कार दिइएको थियो ।

कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख र सागका उपविजेता महिला टोलीलाई १/१ लाख प्रदान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत