रामशरण महतजस्ता दलालहरु रहेसम्म कांग्रेस नसुध्रने – सुजाता

१९ जेठ, विराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै रामशरण महत रहेसम्म कांग्रेस नसुध्रने भन्दै महतलाई दलालको संज्ञा दिएकी छिन ।

नेतृ कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै रामशरण महतजस्ता दलालहरु प्रजातन्त्र समाप्त गर्न लागिपरेका आरोप लगाउँदै दलालहरुलाई हामीले पार्टीबाट तत्काल  निश्काशन नगरिए पार्टी नसुध्रने बताइन् । उनले विगतमा पनि गिरिजाबाबुलाई रामशरणले अप्ठेरोमा पार्ने गरेको बताइन ।

विगतमा महत संयुक्त राष्ट्रसंघको सानो कर्मचारी भएको आरोप पनि लगाउँदै कोइरालाले इकोनोमिक एरियामा त्यसबेला राम्रो मान्छे नभएकाले उनलाई ल्याइएको बताइन । साथै, उनले रामशरणसँग ग्रिनकार्ड छ भने पत्ता लगाएर कारबाही गर्नुपर्ने बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत