सोमालियामा दुई सांसद सहित १० को मृत्यु

२० जेठ, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक  होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । मृत्यु हुनेमा दुई सांसद रहेका छन् । ।

बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका थिए । हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले हमलाइको जिम्मेवारी लिएको छ । धमकाका कारण ४० भन्दा धेरै मानिस घाइते भएका छन् ।सोमालियामा अल शबाब त्यहाँको सरकारसँग युद्ध लडिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत