९ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

२० जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बस्ने पोलिटव्युरो बैठकले सचिवालय र केन्द्रीय समिति विस्तारको टुंगो लगाउँदै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको हेडक्वार्टर बैठकमा ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने प्रस्ताव पेश भएको र सो प्रस्ताव हेडक्वार्टरले अनुमोदन गरेलगत्तै पोलिट्व्युरो बैठकले आज अनुमोदन गर्दैछ ।

यसैगरी सो बैठकले एमाओवादीलाई ६ सय, बादल समूहलाई ३ सय र ९९ सदस्य मातृका यादव, मणि थापा, बिद्रोही माओवादी समूहलाई विभाजन गरेर ९ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय समेत गर्दैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत