आसाम राज्यका माननीय लिम्बुले लिए नेपाली भाषामा सपथ !

२१ जेठ, काठमाडौं । राज्यसभाको चुनाव सम्पन्न भएसँगै भारतको आसाम राज्यका माननीयहरुले नेपाली, संस्कृत, आसमिज र बोडा भाषामा सपथ लिएका छन् ।
Limbu
भारतीय जनता पार्टीसम्बद्ध विधायक गणेश कुमार लिम्बुले नेपाली भाषामा सपथ लिए भने गत वर्ष मात्रै भारतीय जनता पार्टी प्रवेश गरेकी र आसाममा नायिकाको परिचय बनाएकी अंगुरलता देकाले संस्कृत भाषामा सपथ लिएकी छन् । देकाले बुधबार पदीय ओहोदाको सपथ लिएकी हुन् ।

आसाम राज्यमा ९१ जना विधायकले आसामी भाषामा, १३ जनाले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी, ३ जनाले संस्कृत, २ जनाले हिन्दी र १ विधायकले नेपाली भाषामा सपथ लिएका छन् । १ सय २६ कुल सिट रहेको आसाम राज्य विधानसभामा भारतीय जनता पार्टीले ८६ सिट विजय हासिल गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत