चट्याङ्गमा परी ८ वर्षीया शाहीको मृत्यु

२२ जेठ, दैलेख । जिल्लाको चामुण्डा ७ मा शनिबार बिहान वर्षात्सगै परेको चट्याङ्गबाट उदयबहादुर शाहीकी ८ वर्षीया छोरी सरस्वती शाहीको मृत्यु भएको छ ।

बिहान ९ बजे घरमा परेको चट्याङ्गले शाहीको एक भैंसी, दुई वटा बाख्रा समेत मरेको छ भने घरमा रहेका अन्य व्यक्ति सामान्य अवस्थामा नै रहेका छन् ।

पोस्टमार्टम नगरी दाह संस्कार गर्न नपाइने सरकारी नियमका कारण अपरान्ह साढे ४ बजेसम्म पनि सदरमुकामबाट सुरक्षाकर्मी सर्जिमनका लागि नपुगेकाले स्थानीयवासी रुष्ट बनेको जय तिमिल्सिनाले बताएका छन् ।

वर्षात्ले बाटो भत्किदा जिल्लाबाट टोली आउन र शवलाई सदरमुकाम लगेर पोस्टमार्टम गरी दाह संस्कार गर्न कति समय लाग्ने हो ? भनी शोकाकुल परिवार थप अन्यौलमा रहेको स्थानीयवासी तिमिल्सिनाले जानकारी दिए छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत